त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पराजुली पक्राउ

0

काठमाण्डौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम स्विकृति नलिई कतार तथा दुवईमा ट्रान्जिट पारी अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ गरेको छ ।

उनले अभिलेखसमेत नरहने गरी डिर्पाचर स्टाम्प लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

कोइरालाका अनुसार अध्यागमन अधिकृत पराजुलीलाई हाल नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरिएको छ ।

Leave A Reply

Your email address will not be published.