८ लाख घुससहित रंगेहात पक्राउ परेका प्रा.डा. रौनियार ४८ लाख धरौटीमा छुटे

0

काठमाण्डौं – ८ लाख घुससहित रंगेहात पक्राउ परेका बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा राजकुमार रौनियार धरौटीमा छुटेका छन्। उनी ४८ लाख धरौटी राखेर मंगलबार छुटेका हुन् ।

रौनियारसँगै पक्राउ परेका अर्का व्यक्ति डा। रामहरि रौनियारपनि ४ लाख धरौटीमा छुटेका छन् । उनीहरुलाई विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।

यसअघि २६ असारमा दुवैजनालाई धरानस्थित उपकुलपति निवासबाट ८ लाख घुससहित रंगेहात पक्राउ गरिएको थियो ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा राजकुमार रौनियारसहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग रौनियाद्वयले भवन निर्माणको रकमको भुक्तानी दिँदा घुस मागेका थिए । आयोगका अनुसार प्राडा रौनियारले पटक–पटक गरी एक करोड २८ लाख घुस लिएका थिए ।

Leave A Reply

Your email address will not be published.