उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपणमा निरन्तरता

0

एजेन्सी – उत्तर कोरियाले पुनः मिसाइल प्रक्षेपण गरेको छ । मंगलबार बिहानै उत्तर कोरियाले दुईवटा मिसाइल प्रक्षेपण गरेको हो । पछिल्लो दुई हप्ता भन्दा कम समयमा उसले गरेको चौथो प्रक्षेपण हो ।

दक्षिणी हवाङ्गहाइ प्रान्तबाट उत्तर कोरियाली समुद्र तर्फ लक्षित गरी दुई मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । प्रक्षेपण गरिएको मिसाइलको प्रकार तत्काल थाहा भएको छैन ।

अमेरिकाले अवस्थाबारे निरीक्षण भइरहेको र दक्षिण कोरियासँग परामर्श गरिरहेको बताएको छ । सोमबारदेखि अमेरिका र दक्षिण कोरियाका सेनाले सुरु गरेको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले आक्रोश व्यक्त गरेको थियो ।

वार्षिक रुपमा हुँदै आएको सैन्य अभ्यास यो वर्ष त्यति केन्द्रमा राखिएको थिएन, तर यसले अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएको सम्झौताको उल्लंघन गरेको उत्तर कोरियाले आरोप लगाएको छ । सोही सैन्य अभ्यासको जवाफ मिसाइल प्रक्षेपणबाट उत्तर कोरियाले दिएको अनुमान गरिन्छ ।

अघिल्लो हप्ताको शुक्रबार उत्तर कोरियाले नयाँ प्रकारको छोटो दूरीमा मार हान्न सक्ने मिसाइल प्रक्षेपण गरेको थियो । त्यसपछि गएको बुधबार सी अफ जापान तर्फै दुईवटा मिसाइल प्रहार गरेको थियो ।

यस्तै जुलाई २५ मा उत्तर कोरियाले थप दुई मिसाइल प्रक्षेपण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.