अन्तराट्रिय चलचित्र महोत्सवमा फिल्म ‘हाईवे टू धम्पुस’ नोमिनेट

0

भोला लामिछाने /नेपाली वेभ यूरोप कोर्डिनेटर ।

अन्तराट्रिय चलचित्र महोत्सवमा फिल्म हाईवे टू धम्पुस नोमिनेट !! चलचित्रका निर्माता कलाकार तथा प्राबिधिकहरु स्पेनको मड्रिड आउंदै !! पहिलो पटक हलीउडका कलाकारहरुका साथमा  राजबल्लभ कोइराला स्पेन आउने भएका छन् मड्रिड अन्तराट्रिय चलचित्र महोत्सवले नेपाली फिल्म हाईवे टू धम्पुस लाई नोमिनेटमा पारेपछि उक्त चलचित्रका निर्माता कलाकार तथा प्राबिधिकहरु यहि जुलाई सात तारिक स्पेनको मड्रिड आउने भएका हुन्। उक्त नेपाली चलचित्र नेपाली भूमिमा नेपाली कलाकारहरु र हलिउडका कलाकारहरुको साथमा Rick McFarland (writer/director),  द्वरा निर्माण गरिएको हो।

चलचित्र को मुख्य भूमिकामा नायक राज बल्लप कोइराला रहेका छन् चलचित्रको पुरा छायंकन नेपालका सुन्दर तथा पर्यटकीय ठाउँहरु धम्पुस ,घान्द्रुक ,पोखरा तथा काठमाडौँमा गरिएको छ। नेपालमा गएको महा विनासकारी भूकम्पले प्रदशनको तयारी मा रहेको उक्त चलचित्र रोकिएको भएता पनि अमेरिका न्युयोर्क स्तिथ Soho Film Festival मा नोमिनेट भै त्यहाको समुदयको बाक्लो उपस्थितिमा प्रदशन भै धेरै लोकप्रियता हासिल गरेको छ र नेपाल लाई बिश्व सामु परिचित समेत गराई सकेको छ। पहिलो पटक बेदेशीहरुले निर्माण गरेको उक्त नेपाली चलचित्रको सफलतामा एक सिंगो देशकै प्रतिष्ठा गासिएको छ। नेपालीहरुकै शिर उच्च भएको अबस्थामा  साथ दिनको लागि स्पेनमा रहेका सम्पूर्ण नेपाली संघ सस्था तथा  नेपाली समुदायलाई दिनु हुन उक्त चलचित्रका सम्पूर्ण टिमले नै अनुरोध गरेका छन् भने स्पनिश हरुको बाक्लो उपस्थिती रहने जानकारी समेत गरिएको छ।

यसरी पहिलो पटक नेपाली चलिचत्र उक्त महोत्सबमा आयोजक टिमले प्रदशनको निम्ति चुनिएको कारण उक्त नेपाली चलचित्र प्रदशन हुने भए पछि सम्पूर्ण टिम लाई नै निम्ता दिएको छ। हाल अमेरिका निवासी नेपाली चर्चित कलाकार तथा उक्त चलचित्रका मुख्य नायक राज बल्लप कोइरालाले नेपाली वेभ लाई टेलिफोन सम्पर्क गरि आगामी जुलाई सात तारिख अपरान्ह १२.२५ Madrid International Film Festival मा विभिन्न देशका चलचित्र प्रदशन हुने र यसमा नेपाली चलचित्र चुनिनुले आफु निकै नै खुसि रहेको र महोत्सबको लोकेशन समेत छिटै नै जानकारी गराउने बताउदै सम्पूर्ण स्पेन निवासी सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध समेत गरे।

Leave A Reply

Your email address will not be published.