आन्ध्र प्रदेशमा बाढीका कारण ७० हजार नागरिक प्रभावित

0

एएफपी – भारतको आन्ध्र प्रदेशस्थित गोदावरी नदीमा आएको बाढीका कारण वरपरका वस्तीमा पानी पस्दा कम्तीमा ७० हजार नागरिक प्रभावित बनेका भारतीय अधिकारीहरूले जनाएका छन् । 


उक्त क्षेत्रमा बसोबास गर्ने १७ हजार ६३२ जना बाढीका कारण पूर्णरूपमा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित स्थानमा शिविर खडा गरी राखिएको छ । गत हप्ताको अन्त्यमा आएको बाढीपछि समयमै उद्धार टोलीहरूको सहयोगमा भएका प्रयासका कारण कसैको मृत्यु भने नभएको बाढीग्रस्त क्षेत्रबाट सम्प्रेषित खबरबाट थाहा हुन आएको छ ।


आन्ध्र प्रदेशको विपद् व्यवस्थापन अधिकारीले दिएको जानकारी अनुसार बाढीका कारण उक्त क्षेत्रका दुई जिल्लामा विद्युतीय सेवा अवरूद्ध बनेको छ भने विभिन्न वस्तीहरूलाई जोड्ने सडक सञ्जाल भत्केका र यातायातमा समस्या भएको छ ।


बाढीका कारण गोदावरी जिल्लाको पश्चिम तथा पूर्वका करीब २८० वस्तीहरू प्रभावित बनेका बताइएको छ ।

Leave A Reply

Your email address will not be published.