नासाले पत्ता लगायो ‘सुपर अर्थ’, पृथ्वीभन्दा ठूलो यो ग्रहमा बढ्यो जीवनको आशा

0

एजेन्सी – वैज्ञानिकले जीवनको सम्भावना हुनसक्ने विशेषता भएको पहिलो ग्रह खोजेका छन् । यो ग्रह सौर्य मण्डलभन्दा बाहिर भेटिएको छ । यो हाम्रो पृथ्वीभन्दा ३१ प्रकाशवर्ष टाढा छ । यो ‘सुपर–अर्थ’ ग्रहलाई जीजे ३५७–डी नाम दिइएको छ । यो ग्रहको खोजी नासाको स्याटेलाइटबाट गरिएको हो । नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटेलाइटको माध्यमबाट यस वर्षको शुरुमा यो ग्रह खोजिएको हो ।

जीवनबारे नयाँ आशा


अमेरिकाको कर्नेल युनिभर्सिटीका असिस्टेन्ट प्रोफेसर तथा टीईएसएस विज्ञान टिमकी सदस्य लिजा कलटेनेगरले पहिलो सुपर अर्थ भेटिनु उत्साहजनक रहेको र जीवनमा जीवनको सम्भावना पनि रहेको बताइन् ।

यो आकारमा पृथ्वीभन्दा ठूलो छ । यहाँ घना वातावरण देखिएको छ । जीजे ३५७–डी मा यदि जीवनको कुनै संकेत मिलेको खण्डमा जो कोहीलाई पनि यो ग्रहमा पुग्ने चाहना हुन्छ ।पानी तरल अवस्थामा हुनसक्छनयाँ ग्रहको खोजसँग सम्बन्धित यो अध्ययन एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएको छ । वैज्ञानिक लिजा कलटेनेगरले जीजे ३५७–डीको सतहमा हाम्रो धर्तीमा जस्तै पानी तरल रुपमा हुनसक्छ ।

धर्तीबाट टेलिस्कोपको सहयोगमा यहाँ जीवनको संकेतको पहिचान गर्न सकिन्छ । यसबारेमा जानकारी छिटै नै अनलाइनबाट दिइने बताइएको छ । ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटेलाइट (टीईएसएस) एक अन्तरिक्ष टेलिस्कोप हो । यसलाई नासाले खोजीको लागि सन् २०१८ अप्रिल १८ मा प्रक्षेपण गरेको थियो । यो स्याटेलाइटले दुई वर्षसम्म काम गर्न सक्छ ।

फेला परे तीन ग्रह


एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स नामक जर्नलमा स्पेनको इन्स्टीच्युट अफ एक्ट्रोफिजिक्स अफ द केनरी आइल्याण्ड तथा युनिभर्सिटी अफ ला लागुनाका खगोलविद्ले जीजे३५७ प्रणालीको पत्ता लगाएको बताएका छन् । यसमा कुल तीन ग्रह रहेको र यसमध्ये जीजे ३५७–डी बसोवासका लागि उपयुक्त रहेको पाइएको हो ।

पृथ्वीभन्दा २२ प्रतिशत ठूलो


गत फेब्रुअरीमा टीईएस स्याटेलाइटले जीजे ३५७ प्रत्येक ३.९ दिनमा हल्का मन्द हुँदै गएको थियो । वैज्ञानिकका अनुसार यो ग्रहको वरिपरी कुनै ग्रहले चक्कर लगाइरहेको छ भन्ने कुराको यो प्रमाण हो । नासाका गोडार्ड स्पेस फ्लाइट सेन्टरका अनुसार यो ग्रह जीजे ३५७ बी हो । यो पृथ्वीभन्दा करीब २२ प्रतिशत ठूलो छ ।

यसका साथै वैज्ञानिकले एक नयाँ अध्ययनमा पृथ्वीको आकार भएका बरफ जमेका ग्रहको केही क्षेत्र पनि बसोवासका लागि उपयुक्त हुन सक्छ । वैज्ञानिकहरुले भने यस्ता ग्रहमा अहिले महासागर नै जमेको अवस्थामा रहेको र अत्यधिक चिसोको कारण मानव जीवन सम्भव नहुने उनीहरुको भनाइ छ ।

नयाँ अध्ययनले भने पुरानो सोचलाई चुनौती दिएको छ । जियोफिजिकल रिसर्च जर्नलमा प्रकाशित भएको नयाँ अध्ययनका अनुसार बरफले ढाकिएका ग्रहको भूमध्ये रेखाका क्षेत्रमा पनि बस्न सकिने किसिमको तापमान हुन सक्छ ।

Leave A Reply

Your email address will not be published.