जनावरलाई हानेको गोली टाउकोमा लाग्दा युवकको मृत्यु

0

डोटी – जनावरलाई हानेको गोली लागेर डोटीको आदर्शनगर गाउँपालिका–५, तल्लो डाडावनका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको छ । 

सोही स्थानका ५० वर्षीय जंगे भुलले जनावर धपाउन भरुवा बन्दुकबाट चलाएको गोली लागेर लुहारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

शनिबार राती ११ बजेतिर डाँडावनमा आएका जंगली जनावर धपाउन भुलले गोली प्रहार गरेको र सो गोली लुहारको टाउकोमा लागेको बताईएको छ । 

घटनाबारे थप अनुुसन्धान गर्न अहिले प्रहरी टोली घटनास्थल पुगेको छ । गोली प्रहार गर्ने जंगे भुल र घटनामा प्रयोग भएको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.