ओलीलाई ‘होली वाइन’सहित १ करोड पुरस्कार दिने कोरियन क्रिश्चियन गुरुआमालाई ६ वर्षको जेल सजाय

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई क्रिश्चियन गुरुआमा शिन ओकजुले ‘होली वाइन’ खुवाएको विषयले केही समय अघिदेखि नै राजनीति क्षेत्र खुबै तताईरहेको छ । अझ त्यसमाथि १ करोड पुरस्कार प्रधानमन्त्री ओलीलाई दिएको विषयले त सरकार र सत्तारुढ दल नेकपा आलोचित भएको छ । काठमाडौंको हायात रिजेन्सी होटेलमा आयोजित भव्य कार्यक्रममा शिन ओकजुल प्रधानमन्त्री ओली, मन्त्रीहरु, सांसददेखि स्थानीय तहका जनप्रतिनिधिहरुलाई सामूहिक होली वाइन खुवाइएका थिए । तर, अहिले नेपाली नेताहरुलाई होली वाइन खुवाउने क्रिश्चियन गुरुआमा शिन ओकजुलाई ६ वर्षको जेल सजाय सुनाइएको छ ।

फिजीमा आफ्नै अनुयायीहरुलाई बन्धक बनाएको र हिंसाको अधिनमा राखेको आरोपमा उनलाई जेल सजाय तोकिएको हो । गएको जुलाइमा पक्राउ परेकी ग्रेस रोड चर्च स्थापना गर्ने शिन ओकजुले २०१४ मा चार सय व्यक्तिलाई यातना दिएको बताइएको छ । सोमबार दक्षिण कोरियाली अदालतले उनलाई हिंसा, बाल दुर्व्यवहार र धोखाधाडी जस्ता धेरै आपराधिक आरोपहरूमा दोषी सावित गर्दै जेल सजाय तोकिएको हो ।

‘धर्मको नाममा हुने गैरकानुनी कारबाहीको बिरूद्ध भारी सजाय अपरिहार्य छ,’ फैसलामा भनिएको छ । पाँच अन्य चर्चका अधिकारीहरूलाई पनि सजाय सुनाइएको छ । ग्रेस रोड चर्च मुख्य कोरियन दक्षिण कोरियाली ईसाई समूहहरूद्वारा धार्मिक रूपमा वर्णन गरिएको छ । शिनले प्रचार गरे कि विश्वव्यापी अनिकाल नजिकै छ तर उनी र उनका अनुयायीहरू फिजीमा सुरक्षित रहनेछन् ।

Leave A Reply

Your email address will not be published.