सासूलाई बलात्कार गरेको आरोपमा ज्वाइँ पक्राउ

0

काठमाण्डौं – सासूलाई बलात्कार गरेको अभियोगमा ज्वाँई पक्राउ परेका छन् । ५२ वर्षीया दिदी सासूलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक युवकलाई पक्राउ गरेको हो ।

कपुरकोट गाउँपालिका -५ रीम निवासी बोल्न नसक्ने सासूलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाइँ नाता पर्ने एक युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी यी महिलालाई बलात्कार गरेको गाउँका महिलाहरुले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा भइ रहेको छ ।

Leave A Reply

Your email address will not be published.