जापानको क्योटो स्थित एनिमेशन स्टुडियोमा आगलागी, कम्तिमा २३ जनाको मृत्यु

0

एजेन्सी – जापानको क्योटो शहरमा रहेको एक एनिमेशन स्टुडियोमा आगलागी हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ । आक्रमणकारीले एनिमेशन स्टुडियोमा आगलागी गराउँदा कम्तिमा ३६ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एक व्यक्ति बिहीबार बिहान एनिमेशन स्टुडियोमा प्रवेश गरेर एक प्रकारको तरल पदार्थ छरेका थिए ।

स्थानीय समय अनुसार बिहीबार बिहान साढे १० बजेतिर आगलागी भएको स्थानीय अधिकारीले बताएका छन् । अझै ३० जनाको सम्पर्क बिहीन रहेको सामाचार संस्था एनएचकेले उल्लेख गरेको छ।

आरोपित आक्रमणकारी व्यक्ति पक्राउ परेका छन् र उनी घाइते रहेकाले अस्पताल लगिएको छ । हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । आगो नियन्त्रणका लागि ४८ वटा वारुणयन्त्र तैनाथ भएका छन् ।

Leave A Reply

Your email address will not be published.