भाइरल फेस एप : सावधान ! खतरनाक छ !

0

काठमाडौं – पछिल्लो समय फेसएप चर्चामा छ । सर्वत्र यसैको चर्चा छ । सामाजिक संजालमा यो एप प्रयोग गर्नेको संख्या उच्च छ । यो एपले जवानीको फोटोलाई बुढ्यौलीमा बदल्छ, मतलब  बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भनेर यो एपले बताइदिन्छ ।

पछिल्लो समय यो एपले सामाजिक सञ्जालहरू मज्जाले तताएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरेसंगै नेपालमा पनि यो एपले छुट्टै किसिमको क्रेज बनाएको छ ।

के हो फेसएप ?

आर्टिफिसिएल इन्टेलिजेन्स(एआई) र प्रयोगकर्ताका वास्तविक तस्वीरलाई परिवर्तन गर्न उपयोग गरिने यो एप एउटा फोटो-मर्फिङ एप हो जुन अनुहारमा परिवर्तन गर्नका लागि प्रयोग गरिन्छ । 

रसियन कम्पनीले निर्माण गरेको यो एपबाट प्रयोगकर्ताहरूले आफ्नो वास्तविक उमेरभन्दा दोब्बर,तेब्बर उमेरमा आफू कस्तो देखिन्छु भन्ने तस्बीर हेर्न सक्दछन । उच्च प्रयोगका कारणले सामाजिक सञ्जालमा भाइरल भएको यो एपले प्रयोगकर्ताको सुरक्षा चुनौती र गोपनीयताको बारेमा थुप्रै प्रश्नहरू उठिराखेका छन ।

प्रयोगकर्ताको डाटा असुरक्षित ?

यो एपका प्रयोगकर्ताहरूको डेटा असुरक्षित भएको भन्दै प्रविधि विशेषज्ञहरुले यसको प्रयोग नगर्न सुझाव पनि दिएका छन । यद्यपि यो एपको प्रयोगबाट प्रयोगकर्ताको गोपनीयतामा कुनै खतरा नरहेको  निर्माणकर्ता ‘रसियन’ कम्पनीले दाबी गरेको छ ।

सामाजिक सञ्जालदेखि अमेरिकाको संसदसम्म फेसएपकै चर्चा 

ट्वीटरमा पोस्ट गर्दै अमेरिकी प्रतिपक्षी दलका नेता ‘चक शुमर’ले आफ्नो देशका नागरिकहरूको डेटा चोरी भएको हुन सक्ने र यो एप असुरक्षित भएकाले यसमाथि तुरून्त अनुसन्धान गर्न सम्बन्धित निकाय फेडेरल ट्रेड कमिसन र एफबीआई  लाई आग्रह गरेका छन ।

Leave A Reply

Your email address will not be published.