पञ्जाव सरकारको मन्त्रीमण्डलबाट सिद्धुले दिए राजीनामा

0

एजेन्सी – कांग्रेस नेता नवजोत सिंह सिद्धुले पञ्जाबको मन्त्रीमण्डलबाट राजीनामा दिएका छन् । सिद्धुले ट्वीट गरेर आफूले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा पठाएको जानकारी दिएका छन् ।

राजीनामा सम्बन्धी जानकारी दिन गरिएको ट्वीट भन्दा पहिले उनले जुन १० मा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई लेखेको पत्र पनि ट्वीट गरेका छन् । पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह र नवजोत सिंह सिद्धुबिचको सम्बन्धमा तनाव आएका कुरा लामो समयदेखि चर्चामा थियो ।

लोकसभा चुनावमा राज्यमा कांग्रेसले राम्रो गर्न नसक्नुमा अमरिंदरले सिद्धु दोषी रहेको आरोप लगाएका थिए । जुन ६ मा अमरिंदरले सिद्धुसहितका मन्त्रीहरुको मन्त्रालय परिवर्तन गरेका थिए । त्यसबाट उनी निराश भएका थिए र मन्त्रीपरिषद बैठकमा सहभागी भएका थिएनन् ।View image on Twitter

View image on Twitter

Navjot Singh Sidhu@sherryontopp

My letter to the Congress President Shri. Rahul Gandhi Ji, submitted on 10 June 2019.3,46312:15 PM – Jul 14, 20192,110 people are talking about thisTwitter Ads info and privacy

Leave A Reply

Your email address will not be published.