प्रदेश १ सरकारले १ लाख रुपैयाँ राहत दिने, घाईतेलाई निःशुल्क उपचार

0

विराटनगर – प्रदेश नं. १ सरकारले बाढी, पहिरो र डुवानमा परेर ज्यान गुमाउनेका परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारले नियमित विपत्त कोषमार्फत तत्काललाई राहत स्वरुप १ लाख रुपैयाँ दिन लगिएको हो ।

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले बाढी र डुवानमा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था गरिने जानकारी दिए ।

मन्त्री कार्कीले बाढी र डुबानका कारण अवरुद्ध बाटो खुलाउन र उद्धार गर्न तीन वटै सुरक्षा अंग परिचालन गरिएको बताए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार १ नं. प्रदेशमा बाढी र डुबानका कारण १४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन ।

त्यसैगरी बाढी र डुवानका कारण ४ हजार बढी बिस्थापित भएका छन् ।

image khabar

Leave A Reply

Your email address will not be published.