अझै दुईदिनसम्म पानी पर्ने, उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

0

काठमाडौं – अझै दुईदिनसम्म पानी परिरहने भएकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

विभागका अनुसार केही दिनदेखि सक्रिय रहेको मनसुन शुक्रबार देखि थप सक्रिय भएको थियो । निरन्तरको झरी भोलिसम्म जारी रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

आज देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा निरन्तर वर्षाको सम्भावना छ । पूर्वी र मध्य पहाडी क्षेत्रमा भारी वर्षा हुने भएकाले नदी तटिय क्षेत्रका नागरिक आज र भोलि थप सचेत हुनु पर्ने महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.