प्रदेश २ मन्त्रीपरिषदको आपतकालीन बैठक: बाढिमा ज्यान गुमाएका परीवारलाई ३/३ लाख राहतको घोषण !

0

जनकपुर – प्रदेश २ को मन्त्रीपरिषदको आपतकालीन बैठकले बाढी तथा डुवानमा परेर ज्यान गुमाएका परीवारलाई प्रती परीवार ३/३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ ।  


मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मधेस भवनमा बसेको मन्त्रीपरिषदको आपतकालीन बैठकले बाढी तथा डुवान पिडितको लागि प्रदेश २ का आठै जिल्लामा त्रीपाल, खाद्य सामाग्री सहित  १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । 

बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकार संग समन्वय गरेर हेलिकप्टर मंगाउने पहल भई रहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.