अपडेट: लगातार बर्षापछिको बाढीपहिरोमा परी मर्ने संख्या २७ पुग्‍यो, १५ अझै बेपत्ता

0

काठमाण्डौं – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी मुलुकभरमा २७ जनाको मृत्यु भएको छ । अझै १५ जना बेपत्ता छन् भने बाढी र पहिरोमा परी नौ जना घाइते भएका छन् । सात जनाको भने शकुसल उद्धार गरिएको छ ।

प्रहरीले बेपत्ताहरूको खोजतलास भइरहेको पनि जनाएको छ । प्रहरीले प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति, स्रोत साधन परिचालन गरी उद्धार कार्य जारी राखेको बताएको छ ।

सबै भन्दा धेरै क्षति प्रदेश १, २ र ३ मा भएको छ । गृहमन्त्रालयले वर्षा र बाढीबाट प्रभावितहरुको उद्धार कार्य तिब्र पारेको दाबी गरेको छ ।

देशभर भएको बर्षाका कारण ठाउँ, ठाउँमा मानविय तथा भौतिक क्षति भएको र त्यसको लगत संकलन तथा उद्धार र राहत वितरणको काम सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी तथा उपसचिब उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

गृहमन्त्रालयले स्थानीय प्रशासन, प्रदेश र स्थानीय सरकार, रेडक्रस लगायतका संघ संस्था लगायतसँग समन्वय गरि उद्धार र राहतको कामलाई प्रभावकारी बनाएको दाबी गरेको छ ।

Leave A Reply

Your email address will not be published.