सप्तकोशीका ३३ ढोका खोलिए, पानी बहाव २ लाख ४६ हजार क्युसेक

0

सुनसरी- सुनसरी र सप्तरीबीच भएर बग्ने सप्तकोशी नदीका ३३ वटा ढोका खुल्ला गरिएको छ । सप्तकोशीमा निर्मित व्यारेजमा जम्मा ५६ वटा ढोका छन् ।

पानीको बहाव २ लाख ४६ हजार ८ सय ४५ पुगेपछि ३३ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयको सञ्चार शाखाले दिएको जानकारी अनुसार उक्त नदीमा पानीको बहाव बढिरहेको छ ।

शुक्रबार साँझ सप्तकोशीमा पानीको बहाव २ लाख १७ हजार क्युसेको रहेको थियो ।

पानीको बहाव १ लाख ५० हजार पुगेपछि खतराको सूचक रातो बत्ती बाल्ने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.