चिप्लिएर घाँसे मैदानमा पुगेको यति एयरलाइन्सको विमान ‘रन वे’मा ल्याइयो, विमानस्थल खुल्यो

0

काठमाडौं –  अवतरणका क्रममा रन वेबाट चिप्लिएर घाँसै मैदानमा पुगेको यति एयरलाइन्सको विमान रन वेमा फर्काइएपछि  ८ घन्टादेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेरमा सञ्चालनमा आउने भएको छ ।

वर्षाका कारण विमानलाई सुरक्षित स्थानमा ल्याउन समस्या भएको थियो । बिहान ११ बजेर ६ मिनेट जाँदा  विमान धावनमार्गबाट चिप्लिएको हो ।

नागरिक उड्डयन प्राधिकरणको इन्जिनियरिङ विभाग, नेपाल आर्मी, सशस्त्र प्रहरी तथा वायुसेवा कम्पनीका प्राविधिकहरुको सहयोगमा यतिको विमान रन वेमा ल्याउन सकिएको हो ।

विमान धावन मार्गको दक्षिणतर्फ करीब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको छ । उडान नम्बर एनवाइटी–४२२ ९नाइन एन एएमएम० विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.