काठमाडौंमा पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु

0

काठमाण्डौं – काठमाडौंको मुलपानीमा पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ ।

नजिकैको घरको पर्खाल भत्केर टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो । मृत्यु हुनेमा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादव रहेका छन् । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दले स्थानीय बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएको जानकारी दिए ।

त्यसैगरि बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न खोलामा पसेका विनोद चौधरी बेपत्ता भएका छन् ।

Leave A Reply

Your email address will not be published.