४ देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

0

काठमाडौँ –  संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावा फुटुङ शेर्पालाई राजदूत अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले चारैजनाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

यसअघि बैठकमा अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाललाई अधिकांश सांसदहरुले ग्रिनकार्ड लिएर आरोप निकालेर र्‍याखर्‍याख्ती पारेका थिए ।

जवाफमा नेकपा अध्यक्ष पुष्पकमल दाहालका भतिजा तथा कांग्रेस कोटाबाट नेपाल टेलिभिजनका अध्यक्ष भइसकेका दाहालले आफूले अमेरिकाको ग्रिनकार्ड नलिएको स्पष्ट पारेका थिए ।

सांसदहरुले नेपालको संवैधानिक व्यवस्था र स्थापित प्रचलनले विदेशको बसोबास अनुमतिपत्र लिएकालाई राजदूत नियुक्ति दिन नमिल्ने भन्दै दाहाललाई ग्रिनकार्डबारे स्पष्ट पार्न भनेका थिए ।

जवाफमा उनले भने, ‘म अहिलेसम्म चारपटक अमेरिका गएको छु । एक महिनाभन्दा बढी कहिल्यै बसेको छैन । मेरो र परिवारको ग्रिनकार्ड त परको कुरा, हामीले ग्रिनकार्ड अप्लाइसम्म गरेको छैन ।’

उनका अनुसार उनकी श्रीमतीले भने अमेरिका भ्रमणका क्रममा त्यहाँ नै नर्सिङको पढाइ थालेको र पढाइ सकेपछि वर्क परमिट लिएर रजिस्टर्ड नर्सका रुपमा काम गरिरहेकी छन् ।

उनले आफू र आफ्नो परिवारको विदेशमा बस्ने सोच नभएको पनि स्पष्ट पारेका थिए । उनले आफ्नो ग्रिनकार्ड पुष्टि भए पद त्याग गर्न तयार रहेको पनि सुनुवाइ समितिमा स्पष्ट पारेका थिए ।

सुनुवाइ समितिमा बंगलादेशका लागि प्रस्तावित वंशिधर मिश्र र कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाजलाई पनि सांसदहरुले प्रश्न गरेका थिए । स्पेनको राजदूतमा अनुमोदन भएकी ३४ वर्षीया दावा फुटुङ शेर्पापहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन् ।

Leave A Reply

Your email address will not be published.