विद्य‌ुत भोल्टेजको समस्याले उदयपुर सिमेन्ट उद्योग बन्द

0

गाइघाट – नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्य‌ुत भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो ।

उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक ७५ लाख रुपैयाँ क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाईटेन्सन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको सो उद्योगले जनाएको छ ।

विद्य‌ुतकाे भोल्टेजमा आएको समस्याका कारण मोटर सञ्चालन बन्द हुन पुगेकाले त्यसको मर्मत र विद्य‌ुत व्यवस्थापन नभएसम्म उद्योग बन्द रहने उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिए ।

पटक–पटक विद्य‌ुत भोल्टेजमा देखिएको समस्याले उद्योगलाई नै प्रभावित पारेको छ । भोल्टेजको समस्या कारण बिग्रिएको मोटर मर्मतका लागि बुटवलस्थित नेपाल इञ्जिनीयरिङ एण्ड हाइड्रो वर्कशपमा पठाइएको उनले बताए ।

दैनिक ८१० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगले डेढ वर्षअघि पनि विद्य‌ुतभार कटौतीका कारण ठूलो घाटामा गएको थियो ।

Leave A Reply

Your email address will not be published.