स्वतन्त्र सांसद दीपक मनाङ्गे नेकपा प्रवेश

0

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गरे स्वागत

पोखरा – मनाङ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

मनाङ्गेसँगै विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरे ।

उनले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको शपथ लिएका थिए ।

उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्यको जिम्मेवारीमा समेत छन् । यससँगै प्रदेशसभामा नेकपाको प्रतिनिधित्व संख्या ४० पुगेको छ । हाल संसदमा नेकपा ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एक निधन), नयाँ शक्ति २ र स्वतन्त्र १ उनै राजीव गुरुङ थिए ।


Leave A Reply

Your email address will not be published.