एनसीसीमा काम गर्न तयार छु, पदम गुरुङ

0

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी नेत्रित्वका लागि ब्यक्तीगत तथा संस्थागत रुपमा चासो राख्ने, छलफल गर्ने र आआफ्नो रणनीति तयार गर्ने क्रम तिब्र भएको छ ।

यसै क्रममा बेल्जियमको तर्फबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गरी रहेका केन्द्रीय सदस्य ( आइसिसि सदस्य ) पदम गुरुङले बेल्जियमको नेपाली समुदायको एकता र उन्नतिको लागि आफुले एनसीसीको नेत्रित्त्व लिन तयार रहेको बताउनु भएको छ ।

एनआरएनमा सक्रिय केही अग्रजहरुले आम सहमतिको प्रयास गरीरहेको र यो बेल्जियमको नेपाली समुदायको लागि अति आबस्यक भएको हुँदा यदि मेरो नेत्रित्वमा सबै सहमत भएमा आफु केन्द्रको नेत्रित्व छोडी बेल्जियमको नेत्रित्व लिएर काम गर्न इच्छुक रहेको कुरा उहाले चारदिशा सँगको अनौपचारिक कुराकानीमा बताउनु भएको छ ।

बेल्जियमको नेपाली समुदायमा सक्रिय समाजसेबीका रुपमा परीचित गुरुङले यस अघि कलाकारहरुको संस्था ईना बेल्जियमको अध्यक्ष, एनआरएन बेल्जियमको सदस्य, उपाध्यक्ष , सल्लाहकार हुँदै अहिले आईसिसी सदस्यको रुपमा काम गरी रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.