लिबियाको आप्रवासी शिविरमा हवाई आक्रमण, कम्तिमा ४० जनाको मृत्यु

0

रोयटर्स \ एएफपी – लिबियामा भएको हवाई आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । आप्रवासी डिटेन्सन सेन्टरमा हवाई आक्रमण हुँदा ठूलो हताहती भएको हो । घटनामा अरु ८० जनाभन्दा बढी घाइते भएका छन् ।

राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको डिटेन्सन सेन्टरमा आक्रमण भएको हो । घटनामा ज्यान गुमाउनेमा अधिकांश अफगान आप्रवासी रहेको बताइएको छ ।

पछिल्ला वर्षहरुमा युरोप प्रवेश गर्न चाहने आप्रवासीको प्रमुख मार्ग र विश्राम केन्द्रका रुपमा लिबिया रहँदै आएको छ । लामो समयदेखि शासक माउमर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि लिबियामा हिंसा हुँदै आएको छ । गद्दाफीको सन् २०११ हत्या भएको थियो ।

ताजोएरामा रहेको डिटेन्सन सेन्टरमा १२० जना आप्रवासी रहेको आपतकालीन सेवाका प्रवक्ता ओसामा अलीले समाचार संस्था एएफपीलाई बताएका छन् ।

घटनामा ज्यान गुमाउनेको संख्या अधिक हुन सक्ने उनले बताएका छन् । अहिले सार्वजनिक भएको आँकडा प्रारम्भिक रहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.