उपमेयरका स्वघोषित स्वकिय सचीवले पत्रकार दिपक कर्ण ज्यान मार्ने धम्की दिए !

0

जनकपुर – उप मेयरले सरकारी सवारी दुरुपयोग गरेको सम्बन्धमा लेखेको समाचारलाई लिएर रामगोपालपुरकि उप मेयरका स्वघोषित स्वकिय सचिवले पत्रकार दिपक कर्णलाई ज्यान मार्ने धम्की दिएका हुन् । 


संघिय सरकारले स्थानीय तहका जन प्रतिनिधिलाई स्वकीय सचिव तथा सल्लाहकार नराख्न २०७५ माघमै सबै स्थानीय तहलाई निर्देशन दिए पनि त्यो निर्देशनको बर्खिलाप हुने गरि धेरै स्थानीय तहले आन्तरिक स्रोतवाट सेवा सुविधा दिने गरि खरिदर सरहको दरबन्दी सिर्जना गरिएको पाईएको छ । 


यहि सेवा सुबिधा अन्तरगत रामगोपालपुरकि उप मेयरका स्वकिय सचीव रैजु साहले सोमबार राती ८:३० तिर पत्रकार कर्णको मोबाईलमा ९८१५८६१४४४ नम्बर बाट फोन गरि उप मेयरको सम्बन्धमा लेखेको समाचारको प्रमाण माग्दै तथानाम गाली गर्दै धम्किपुर्ण भाषाको प्रयोग गर्दै धम्की दिएको पत्रकार कर्णले जानकारी दिए । 

Leave A Reply

Your email address will not be published.