श्रीलंका मृत्युदण्ड प्रकरण: पुर्व लडाकु देखि एम्नेस्टी सम्मको बिरोध

0


श्रीलंकाका राष्ट्रपतिको गम्भीर ध्यानाकर्षण गराईने

तुलसी नेपाल / काठमाण्डौं – दक्षिण एशियाली तथा सार्क सदस्य राष्ट्र श्रीलंकामा ४३ बर्षदेखी रोकिएको मृत्युदण्ड सम्बन्धि कानुनलाई गत चैत्र ११ गते राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मृत्युदण्ड कार्यान्वयन अधिकार पत्रमा हस्ताक्षर गरे सँगै बिश्वब्यापी बिरोध सुरु भए सँगै नेपालका मानवअधिकारकर्मी संघ – संस्था तथा अधिकारकर्मिले बिरोध गरेका छन् । 


पुर्व बाल लडाकु अध्यक्ष एंव पिस इन्भिजिनरसका प्रमुख लेनिन बिष्ट सहित एम्नेस्टी इन्टरनेशनल नेपाल च्याप्टर, एड्भोकेसी फोरम, जवाफदेही निगरानी समुह, कोक्याप, इन्हुरेड, द्वन्द्वपिडित साझा चौतारी, आप्रवासी महिला श्रमिक समुह, गोगो फाउन्डेसन, नेपाल मानवअधिकार प्रतिष्ठान, वर्ल्डभिजन एड्भोकेसी फोरम लगायतका संघ संस्थाले बिरोध जनाएका हुन । 


चारदिशा सँग कुरा गर्दै पुर्व बाल लडाकु अध्यक्ष बिष्टले कुनै पनि अपराधको सजाय मृत्युदण्ड हुनै नसक्ने यथार्थलाई श्रीलंका सहित बिश्वले बुझ्न् आबश्यक रहेको टिप्पणी गरे । त्यस्तै एम्नेस्टी इन्टरनेशनल नेपाल च्याप्टर ले आजको २१ औं शताब्दीमा मृत्युदण्ड जस्तो सजायको अङ्गिकार गर्नु आधुनिक मानव समाजको लागि लज्जास्पद रहेको टिप्पणी गरेको छ । .


यसै बिच अधिकारकर्मी र नागरीक समाजको तर्फबाट श्रीलंका का राष्ट्रपति सिरिसेनालाई ध्यानाकर्षण गराउने उदेश्यले मंगलबार बिहान ९:०० बजेदेखि १०:०० बजेसम्म श्रीलंकाको नेपाल स्थित दूतावास नजिक काठमाडौको महाराजगन्जमा बिरोध प्रदर्शनको समेत आयोजना गरिएको एम्नेस्टी इन्टरनेशनल नेपाल च्याप्टरले जानकारी दिएको छ । 

Leave A Reply

Your email address will not be published.