काठमाण्डौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा सहभागी हुन आज भुटानतर्फ प्रस्थान गरेका छन् । भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गर्ने ५औँ भारत – भुटान मैत्री टेनिस प्रतियोगितामा भाग लिन उनि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
मङ्गलबारदेखि सुरु हुने उक्त प्रतियोगितामा सहभागी भई उनि यही असार २१ गते स्वदेश फर्कने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष थापाले उक्त प्रतियोगितामा मुलुकको प्रतिष्ठा उचाइमा पुर्याउन आफूले भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।
राष्ट्रिय फुटबल खेलाडिसमेत रहेका अध्यक्ष थापा यसअघि अलइण्डिया लङ टेनिस एशोसिएशनले भारतमा आयोजना गरेको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रथम भएको पार्टीले जनाएको छ ।