एसईई मा आफूले सोचेजस्तो ग्रेड नआएपछि २ किशोरीले गरे आत्महत्या !

0

काठमाडौँ – एसईई परीक्षाको नतिजा केहीदिन अघि सार्वजनिक भएको थियो । नतिजा आएसँगै अहिले त्यसैको चहलपहल सबैतिर भैरहेको छ । यसैबिच एक दुखद घटना पनि घटेको छ । एसईई मा आफूले सोचेजस्तो रिजल्र्ट नआएपछि २ किशोरीले आत्महत्या गरेका छन् ।

अर्घाखाँची घर भएकी सदिक्षा पौडेल र झापा घर भएकी सलिना ढकालले एसईई परीक्षामा सोचेजस्तो नतिजा नआएपछि आत्महत्या गरेका हुन् । सदिक्षाले झुण्डिएर आत्महत्या गरेकी छिन् भने सलिनाले बिष खाएर आत्महत्या गरेकी छिन् ।

प्राप्त जानकारी अनुसार यी दुवै पढ्नमा अव्वल थिए । सधैँ स्कुलमा फस्ट आउने भएकाले एसईई परीक्षामा पनि ए प्लस आउँछ भन्ने दुवैको आश थियो । तर प्राविधिक क्रुटि भएका कारण उनीहरुको रिजल्ट बिग्रिएको रहेछ । भोलिपल्ट मात्र थाहा भयो कि उनीहरुले राम्रो नम्बर ल्याएका रहेछन् तर त्यतिबेलासम्म दुवैले संसार छोडिसकेका थिए ।

Leave A Reply

Your email address will not be published.