सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न पसेका ४ जनाको मृत्यु

0

विराटनगर – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ९ मुस्लिम टोलमा निर्माणधीन सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न पसेका ४ जनाको मृत्यु भएको छ । उनीहरुको निसास्एिर मृत्यु भएको हो । घटनामा एकजना मजदुर गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनवर्षि नगरपालिका ९ बस्ने ४५ वर्षीय कफिल मियाँ, उनका छोरा २२ वर्षीय फिरोज उद्दिम, सोही स्थान बस्ने २२ वर्षीय सहनवाज उद्दिम र २१ वर्षीय वसिक आलम रहेका छन् । ३८ वर्षीय दाउद मियाँको अवस्था गम्भीर छ । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

घाइते अवस्थामा उनीहरुलाई रंगेलीस्थित जिल्ला अस्पताल र टाइम्स अस्पतालमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि लैजादैं गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्माणधीन सेफ्टी ट्यांकीको ढलान गरेको बाँस खोल्न ट्यांकी भित्र पसेका मजदुर निसासिएर अचेत भएपछि एकपछि अर्कोको उद्दार गर्न छिर्दा सबै जना बेहोस भई ढलेका थिए ।

Leave A Reply

Your email address will not be published.