सिन्धुलीको बीपी र मध्यपहाडी लोकमार्ग लगायतका सडक जोखिममा

0

सिन्धुली – पहिरोका कारण सिन्धुलीको बीपी र मध्यपहाडी लोकमार्गलगायतका सडक जोखिममा परेका छन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग पूर्वीखण्डको हैवार भीरमा बगिरहने पहिरोले सडकमा यातायातका साधन निर्वाध सञ्चालन गर्न कठिनाइ भइरहेको छ । खुकुलो माटो भीरबाट निरन्तर झर्ने गरेका कारणले सामान्य वर्षा हुँदा र हिउँदमा समेत पहिरो जाने भएपछि पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी पहाडी क्षेत्रका विभिन्न ठाउँमा पुग्ने सवारी साधन सञ्चालनमा समस्या भएको हो ।

लोकमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौंबाट सिन्धुली, रामेछाप, खोटाङ, ओखलढुंगा, उदयपुर पुग्ने यात्रुलाई असुविधा हुँदै आएको छ ।

यता, बीपी राजमार्गमा दैनिक तीन हजारभन्दा बढी सार्वजनिक यातायातको आवागमन बढ्न जाँदा साँघुरो एक लेनको सडकमा ट्राफिक व्यवस्थापन गर्नसमेत समस्या भएको स्थानीय बताउँछन् ।

Leave A Reply

Your email address will not be published.