राष्ट्रिय सुरक्षा परिषदको बैठक आज बस्दै

0

सुरक्षा अवस्थाबारे छलफल गरिने

काठमाडौं – आज दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दैछ ।

विप्लव समूहका गतिविधि नियन्त्रणका लागि अपनाउनुपर्ने नीति तथा समग्र राष्ट्रिय सुरक्षा अवस्थाबारे बारे छलफल गर्न सिंहदरबारस्थित परिषद्को सचिवालयमा आजै बैठक बोलाइएके हो ।

परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षामन्त्रालयका सचिव सदस्य–सचिव भएर काम गर्ने व्यवस्था छ ।

यसअघि संसद सचिवालयमा दर्ता भएको सुरक्षा परिषद्सम्बन्धि विधेयकमा प्रधानमन्त्रीले अधिकार केन्द्रीत गर्न खोजेको भन्दै चर्को विरोध हुँदै आएको छ ।

यसैबीच सुरक्षा परिषदको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

। सुरक्षा परिषद् बैठक ३ बजे र ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.