६ मन्त्री परीवर्तनको तयारी, यी हुन सम्भावीत अनुहार

0

काठमाडौं – सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् । अध्यक्ष पुष्पकमल दाहालले सांसद जनार्दन शर्मा, देबेन्द्र पौडेल, प्रभु शाहलाई छलफलका लागि बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । दुबै अध्यक्षले आ–आफ्नो जिम्मामा परेका सांसदहरुसंग आज छलफल गर्दैछन् । अध्यक्षद्वयले सांसदहरुसंग छलफल गरेपछि मन्त्रीमण्डलमा हेरफेर हुने सम्भावना रहेको नेकपा सचिवालय स्रोतले बताएको छ ।

मन्त्रीको लागि सम्भावित नयाँ अनुहारसंग छलफल गरेपनि कुन कुन मन्त्री हटाएर नयाँ ल्याउने भन्ने विषयलाई भने दुबै अध्यक्षले गोप्य राखेका छन् । पर्यटनमन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय रिक्त छ ।

अन्य मन्त्रीलाई भने कार्यसम्पादनका अधारमा जिम्मेवारीबाट हटाउने तयारी प्रधानमन्त्री ओलीले गरिरहेका छन् । नेकपाको गत शनिबार बसेको सचिवालय बैठकपछि दुबै अध्यक्षविच कुनै छलफल नभइरहेकोवेला बुधबार बालुवाटारमा करिव दुई घण्टा छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.