पृथ्वी राजमार्ग अवरुद्ध

0

उपत्यका भित्रिने र बाहिरिने पश्चिमी नाका ठप्प

धादिङ – पृथ्वी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ ।

राजमार्ग माथिबाट आएको लेदो सडकमा जमेपछि राजमार्ग बिहान ४ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले नेपालतारालाई जानकारी दिए ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो सडकमा जमेपछि राजमार्गमा यातायात साधन रोकिएका छन् ।

राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गमा जम्मा भएको हो ।

अहिलेपनि हल्का पानी परिरहेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने खड्काले बताए ।


रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम देखिन्छ ।

Leave A Reply

Your email address will not be published.