चट्याङमा परेर दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु

0

काठमाडौं – चट्याङ्मा परेर दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । हिजो साँझ परेको चट्याङ्ले दाङमा तीन बालकको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाटका ११ बर्षका रमीत चौधरी, ११ बर्षकै विनास चौधरी र १३ बर्षका साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदबिक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला चट्याङ्ले लागेर उनीहरुको घटना स्थलमै मृत्यु भएको हो ।

सोही रुखमा चढेका अर्का ८ बर्षीय बालक अविनाश चौधरी भने गम्भीर घाइते भएका छन् ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ । रुपन्देहीमा पनि चट्याङ्मा परेर तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका – ७ का ६२ वर्षीय चन्द्र बहादुर विक छन् ।

चट्याङ् लागेर गम्भीर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित लुम्विनी  प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । 

Leave A Reply

Your email address will not be published.