ड्रेस विवादबारे बल्ल बोलिन् बर्षा

0

 भन्छिन् ‘४ दिनसम्म डिप्रेशनमा गएकी थिए’

, काठमाडौँ – नायिका बर्षा राउत केहीसमय  अघि आफ्नो ड्रेसका कारण चर्को विवादमा आएकी थिइन् । उनको ड्रेसलाई लिएर अनेक खालका ट्रोलहरु पनि बनेका थिए । उनलाई धेरैले गाली पनि गरेका थिए । बर्षाले केहीसमय अघि यसबारे बोल्न जरुरी नभएको बताएकी थिइन् ।

बर्षाले अहिले भने ट्रोलको विषयमा मुख खोलेकी छिन् । उनले त्यसबेला ४ दिनसम्म आफू निकै रोएको बताइन् । उनले आफू झण्डै डिप्रेशनमा गएको समेत बताइन् । अरुभन्दा बर्षाको आमालाई पनि ट्रोलमा समावेश गरिएको थियो । जुन कुराका कारण बर्षालाई धेरै नराम्रो महशुस भएको उनले बताइन् । बर्षाले संजोगले त्यस समयमा आफ्नो हात थामेका कारणले आफूलाई सम्हाल्न सकेको समेत स्पष्ट पारिन् ।

Leave A Reply

Your email address will not be published.