मलखादको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

0

काठमाण्डौं – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जोखिमको आकलन गरीे रोकथामका कार्यक्रम तत्काल ल्याउन र मलखादको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन ।

सांसद अञ्जना विशङ्खेले नेकपा ‘विप्लव’ समूहलाई वार्तामा आउन आग्रह गर्दै हत्या हिंसाको राजनीति छाड्न आग्रह गरीन । सांसद आशाकुमारी विकले फागुन १ गतेदेखि रु एक करोड मुनिका सडक आयोजनामा सडक खन्न डोजर चलाउन नपाउने सरकारले नियम लगाए पनि ग्रामीण क्षेत्रमा यो नियम लागू नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएकी थीईन । सांसद इन्दुकुमारी शर्माले संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन गर्न नागरिकता ऐन सम्बन्धी विधेयक ल्याउन माग गरीन ।

सांसद कुमारी मेचले सुकुम्वासी समस्या समाधानका लागि तत्काल आयोग गठन गर्न र मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जाखिम रोकथामका कार्यक्रम ल्याउन सरकारसँग माग गरीन । सांसद केदार सिग्देलले सेती नदीको कटान रोक्न समयमै ध्यान दिन आग्रह गरे । सांसद गगनकुमार थापाले पुस्तक आयातमा दश प्रतिशत भन्सार कर लगाउने नियम फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद गजेन्द्रबहादुर महतले संसद् सचिवालयले प्रदान गर्ने भनेको ल्यापटपको के काम रु भन्ने प्रश्न गर्दै संसद् सचिवालयको पुस्तकालयलाई व्यवस्थित गर्न माग गरे । सांसद गणेशकुमार पहाडीले सिन्धुलीको सुनकोशी र कठजौर क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद घनश्याम खतिवडाले मोरङ जिल्लाका ठाडा खोलामा बाढीको उच्च जोखिम रहेकाले यसको नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

Leave A Reply

Your email address will not be published.