गुठी विधेयक फिर्ता लिन संसदमा सरकारको पत्र दर्ता

0

काठमाडौं – गुठी विधेयक फिर्ता गराउन सरकारले राष्ट्रियसभा सचिवालयमा औपचारिक रुपमा पत्र दर्ता गरेको छ । विधेयकको विरोधमा काठमाडौंमा चर्को आन्दोलन भएपछि सरकारले उक्त विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।

घोषणाअनुसार भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले शनिबार विधेयक फिर्ता लिन पत्र दर्ता गराएकी हुन् । गुठी विधेयक राष्ट्रियसभाको विधान व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा रहेको थियो । संसदमा पेश भइसकेको विधेक फिर्ता लिन सरकारले औपचारिक निर्णय गरेर प्रस्ताव पेश गर्नुपर्ने र उक्त प्रस्तावलाई सदनले स्वीकृति दिनुपर्ने व्यवस्था रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

मन्त्री अर्यालले दर्ता गरेको विधेयक फिर्ताको प्रस्ताव मंगलबार बस्ने राष्ट्रियसभाको बैठक पेश हुन सक्ने सचिव फुयाँलले बताए । मन्त्री अर्यालले विधेयक वैशाख १७ गते दर्ता गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.