अब भारतमा पनि नेपालीलाई भिसा चाहिने

0

काठमाडौँ – नेपाल र भारतबीच विद्यमान परराष्ट्र व्यवस्थाअनुसार भारत यात्रामा रहने नेपाली वा नेपाल यात्रामा रहने भारतीयलाई सम्बन्धित देशको भिसा नचाहिने भए पनि चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत आउने नेपाली नागरिकले भारतको भिसा लिनुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले एक सूचनामार्फत यो स्पष्ट पारेको हो ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले शनिबार जारी गरेको एक सूचनाअनुसार चीन, हङकङ, मकाउ र पाकिस्तानबाट भारतको बाटो हुँदै नेपाल आउन लागेका वा भारत आउँदै गरेका नेपालीले भारतको भिसा अनिवार्य रुपमा लिनुपर्नेछ ।

त्यस्तै, भारतीय अध्यागन पार गरी  साउदी अरेबिया, कतार,  कुवेत, युएई,  ओमन, बहराइन, इराक, लिबिया र लेबनान यात्रा गर्ने नेपाली नागरिकहरुले नेपाली  राजदूतावासबाट नो अब्जेक्सन लेटर लैजानुपर्ने पनि भारतस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

उक्त नो अब्जेक्सन लेटरका लागि ती देशमा जानुपर्ने कारणसहितको निवेदन, पासपोर्ट, भिसा र टिकट, श्रम स्वीकृति, यसअघिको यात्रा अभिलेख, अन्य आवश्यक कागजातहरुसहित नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा सम्पर्क राख्नुपर्नेछ ।

Leave A Reply

Your email address will not be published.