पुर्व बाल लडाकु बिष्ट काठमाडौमा, युरोप भ्रमण ऐतिहासिक भएको टिप्पणी !

0

काठमाडौ – करीब ३ महिनादेखी युरोप भ्रमणमा रहेका पुर्व बाल लडाकु लेनिन बिष्ट आज स्वदेश आईपुगेका छन् । 


त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट चारदिशा सँग कुरा गर्दै लडाकु बिष्टले आफ्नो युरोप भ्रमण ऐतिहासिक र फलदायी भएको टिप्पणी गरे । 


आईसीसी, युएन, युरोपियन युनियन देखि केही युरोपेली मुलुकका सांसद सम्मलाई आफ्नो धारणा र गुनासो सुनाएका बिष्टले अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगका अधिकारीहरुसँग समेत गहन छलफल गरेका थिए । 


त्यस्तै युरोपमै रहँदा उनले सशस्त्र द्वन्द्वको क्रममा भएको बाल सैन्य प्रयोग सम्बन्धमा संयुक्त राष्ट्रसंघ अन्तरगतको बालबालिका तथा सशस्त्र हिंसामा परेकाहरुका लागि आबश्यक सुनुवाइ गर्ने राष्ट्रसंघिय महासचिवका बिशेश प्रतिनिधि भर्जिनिया गाम्बालाई ज्ञापनपत्र समेत बुझाएका थिए । 


नेपाल सरकारले पेश गरेको झुटा रिपोर्टको भण्डाफोर गरेको दावी:


त्यस्तै लडाकु बिष्टले नेपाल सरकारले संयुक्त राष्ट्रसंघ देखि युरोपियन युनियन र युरोपेली सरकार समक्ष नेपालका द्वन्द्व पिडितको सम्बन्धमा झुटा रिपोर्ट पेश गर्ने गरेको दावी गर्दै आफुले सरकारी झुटा रिपोर्टको भण्डाफोर गर्दै आफुहरु लगायतका समग्र द्वन्द्व पिडितको बास्तबिकता युएन र ईयु समक्ष राखेको बताउँदै छिट्टै युएन र ईयुले यो सम्बन्धमा नयाँ रिपोर्ट निकाल्ने अपेक्षा रहेको समेत जनाए । 


 आफुलाई नेपाल आए ज्यान मार्ने समेतको धम्की आएको भएपनी आफु त्यस्ता धम्किदेखी नडराउने बताउँदै बिष्टले न्यायको लडाइ नेपाल भित्रैबाट लड्नुपर्ने आफ्नो सोच रहेकाले नेपाल आएको उनको भनाइ थियो । 

Leave A Reply

Your email address will not be published.