नेकपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् आजका मुख्य एजेण्डा

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण गएपछि स्थगित गरिएको बैठक आज दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

आजको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको अन्तिम टुंगो लगाउने बताइएको छ ।  दोहोरो भूमिका दिने र नदिने विषयमा मतैक्य हुन नसकेपछि यसअघिका बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको नामावली सार्वजनिक गर्न सकेको थिएन।

साथै, बैठकमा विभागहरु गठन र केन्द्रीय सदस्यहरुको जिम्मेवारीको बाँडफाँटका विषयमा पनि छलफल हुनेछ । पार्टी एकताको एक वर्ष कटिसक्दा पनि सत्तारुढ दल नेकपाले पार्टी एकीकरणलाई अन्तिम रुप दिन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.