विद्यार्थी बोकेको अटो रिक्सा दुर्घटना : पाँच गम्भीर घाइते

0

ओखलढुंगा – सिद्धिचरण नगरपालिका–४, रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको अटो सिद्धिचरण नगरपालिका–५ स्थित माथिल्लो ढुंग्रेमा भीरबाट खसेर दुर्घटना भएको हो । तीव्र गतिमा रहेको को २ ह ४९०० नम्बरको अटो सडकबाट चिप्लिएर १ सय मिटर तल खसेको थियो । अत्याधिक गतिमा रहेको अटो चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइते विद्यार्थीहरु रुम्जाटार मावि विद्यार्थीहरु रहेका छन् । अटोमा सवार चार जना विद्यार्थीहरुध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमध्ये सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका खड्गनारायण श्रेष्ठ, खिजीदेम्वाका फुरी शेर्पा, सुनकोशी गाउँपालिकाका भरत राई र चालक सानुराम दाहालको अवस्था गम्भीर छ । अर्का एक विद्यार्थी युवराज कट्वालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ, भने सामान्य घाइतेको खुट्टाका हड्डी भाँचिएको छ । ओखलढुंगास्थित सामुदायिक अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्राथमिक उपचारपछि घाइतेहरुलाई हेलिकप्टरबाट काठमाण्ठौ पठाउने तयारी गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.