संविधानको भावनाविपरीत बनेका विधेयक फिर्ता गर्न माग

0

काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।


सांसद महेन्द्रकुमारी लिम्बूले गुठीलगायत मौलिक संस्कृति धरापमा राख्न खोजिएको संसद्मा दर्ता भएका विधेयकले प्रस्ट पारेकाले सचेत हुन सरकारलाई सुझाव दिइन् ।


सांसद राजेन्द्रकुमार केसीले गुठी विधेयकका सन्दर्भमा मंगलबारको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले जुन शब्दको प्रयोग गरे, त्यसप्रति आपत्ति भएको बताए । त्यस्तै सांसद राधा ज्ञवालीले एउटा अनलाइनले आफूले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोलेको कुरालाई लिएर गलत समाचार बनाएको प्रति आपत्ति जनाइन् ।


बैठकमा सांसद रामबहादुर विष्टले लोकसेवा आयोगले समावेशी सिद्धान्त विपरीत गरेको विज्ञापन फिर्ता गर्न माग गरे ।

Leave A Reply

Your email address will not be published.