हाच्छ्युँ रोक्नु शरीरको लागि एकदम हानिकारक

0

एजेन्सी – हाच्छ्युँ आउनु एक सामान्य शारीरिक प्रक्रिया हो । यसलाई हामी नराम्रो संकेतका रुपमा लिने गर्छाै तर हाच्छ्युँ आउदा राम्रो र नराम्रो भन्ने अन्धविश्वासको रुपमा मात्रै लिन सकिन्छ । हामीलाई रुघा लाग्दा हाच्छ्युँ आउँछ । यसका साथै धुलो, तथा नाकमा केहि अन्य बस्तु चिरेको महसुस हुदा हामीलाई हाच्छ्युँ आउने गर्छ । कसै कसैलाई एलर्जीको कारण पनि हाच्छ्युँ आउने गर्छ ।

तर, हामीले गर्ने हाच्छ्युँको यति मात्र कारण छैन । हाच्छ्युँ गर्दा शरीरका पेट, छाती, डायाफ्राम, गला र आँखाहरू सक्रिय हुन्छन् । यिनीहरूको संयुक्त प्रयासले हाम्रो शरीरमा भएको फोहोरलाई शरीर बाहिर निकाल्न मद्दत गर्छन । हामीले हाच्छ्युँ गर्दा यसका साथ हाम्रो शरीरबाट करीब एक लाख कीटाणु बाहिर आउँछन् ।

हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमताको एक अंग हो हाच्छ्युँ गर्नु । हाम्रो फोक्सोबाट हावा नाक र मुखको बाटो हुँदै सय माइल प्रतिघन्टाको गतिमा बाहिर आउँछ । हाच्छ्युँ आउदा हाम्रो शरीरलाई केहि पनि नोक्सानी हुने गर्दैन । बरु हाम्रो नाकमा बाहिरी कण घुस्दा नाकको झिल्ली चिलाउँछ थाल्छ ।

यसो हुँदा नाकले यो सन्देश मस्तिष्कसम्म लग्छ र मस्तिष्कले नै कणलाई शरीर बाहिर मांसपेशीहरूलाई हटाउन आदेश दिन्छ । हाच्छ्युँले यस्ता हानिकारक कणलाई हाम्रो शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । हामी सुतिराख्दा वा निद्रामा हुदा हामीलाई हाच्छ्युँ आउँदैन, किनकियतिबेला हाच्छ्युँ गराउने नसाहरू आराम गरिरहेका हुन्छन् ।

हामीले केहि राम्रो काम सुरु गर्नु लाग्दा वा अन्य कुनै गलत समयमा हाच्छ्युँ गर्दा अशुभ हुन्छ भनेर सोच्छौं र यसलाई रोक्न पनि खोज्छन् । तर, हाच्छ्युँ रोक्दा हाम्रो शरीरलाई हानिकारक हुन सक्छ । यसरी हाच्छ्युँलाई रोक्न खोज्दा बाहिर निस्कनुपर्ने हावा अन्य अंगतिर मोडिने डर हुन्छ ।

सबभन्दा बढी हानि कानको जाली, आँखा र गर्दनमा हुने गर्छ । लगातार हाच्छ्युँ रोक्ने कोशिस गर्दा हृदयघात र दिमागमा क्षतिसम्म पुग्ने सम्भावना हुन्छ । हाच्छ्युँ गर्ने बेलामा नाक तथा मुखलाई रुमालले छोप्नु पर्छ । त्यसो गर्दा अन्य व्यक्तिलाई संक्रमण हुन पाउँदैन अनि हामी पनि स्वास्थ्य र सुरक्षित रहन्छौं ।

Leave A Reply

Your email address will not be published.