सरकारले फिर्ता लियो गुठी विधेयक

0

काठमाडौँ‍ – सरकारले गुठी विधेयक फिर्ता लिएको छ।

भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा मंगलबार साँझ गरेको पत्रकारसम्मेलनमार्फत सरकारले विवादास्पद गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । राष्ट्रियसभामा विचाराधीन गुठी विधेयकका कारण करिब एक महिनादेखि सडक र सदन दुवै तातेको छ ।

यसअघि मंगलबार दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गुठी विधेयक र युरोप भ्रमणबारे बोल्न खोज्दा प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो । प्रधानमन्त्रीले ओलीले पत्रकार सम्मेलनबाट गुठी विधेयकबारे बोल्ने अपेक्षा गरिएको भए पनि निर्धारित पत्रकार सम्मेलनभन्दा एक घन्टाअघि नै भूमिसुधारमन्त्री अर्यालले गुठी विधेयक फिर्ता लिएकी हुन्।

Leave A Reply

Your email address will not be published.