बाटो मर्मतको बिल पास गर्न घुस लिने इन्जिनियर र सव इन्जिनियर रंगेहात पक्राउ

0

भोजपुर – बाटाे मर्मतकाे बिल पास गर्न घुस माग्ने भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सव–इन्जिनियर नरेन्द्र पारोहाङ्ग राई रंगेहात पक्राउ परेका छन् ।
मंगलबार हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग र सोही कार्यालयका सव–इन्जिनियर नरेन्द्र ७० हजार घुस सहित रंगेहात पक्राउ परेका हुन् ।

बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट गएको टोलीले दुई जनालाई पक्राउ गरेकाे अख्तीयार दुरूपयाेग अनुसन्धान आयाेगका प्रवक्ता प्रदिपकुमार काेइरालाले जानकारी दिएका छन् ।

इन्जिनियर मिसुहाङ्ग किराँतलाई ५० हजार र सवइन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई २० हजार सहित रंगेहात पक्राउ परेका हुन् ।

Leave A Reply

Your email address will not be published.