लोकसेवा आयोगले आवेदनको म्याद थप्यो

0

काठमाडौं – लोकसेवा आयोगले आवेदनको लागि म्याद थप गरेको छ । मंगलबार अर्थात असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा म्याद थपि गरेर असार १० गतेसम्म पुर्याइएको हो । मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।

सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए। आयोगले एकै पटक नौ हजार भन्दा बढी कर्मचारीको लागि आवेदन खुलाएको हो।

Leave A Reply

Your email address will not be published.