जनकनन्दनी एफ. एम. दोस्रो बर्षमा प्रवेश

0

जनकपुरधाम – सिमलादेबी मिडिया ग्रुप द्वारा संचालित जनकनन्दनी एफ. एम. पहिलो बर्ष पूरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ । 

प्रदेश २ को अस्थायी राजधानी समेत रहेको ऐतिहासिक नगरी जनकपुरधाम बाट संचालित जनकनन्दनी एफ. एम. सुचना र मनोरञ्जनमा नबितम स्वाद पस्कन सफल भै रहेको छ । 


यसै बिच पहिलो बर्ष पुरा गरि दोस्रो बर्ष प्रवेश गर्न लागेको अवसरमा परीवर्तित समय अनुसार स्रोताहरुको मागलाई ध्यानमा राख्दै जनकनन्दनी मोबाइल एप पनि आजबाट संचालनमा आएको जनकनन्दनी एफ. एमले जनाएको छ । जनकनन्दनी मोबाइल एप प्ले स्टोर र एप स्टोर दुबैमा उपलब्ध रहेको पनि जनाईएको छ ।


आफ्नो स्थापनाको पहिलो बर्ष पूरा गरि दोस्रो बर्षमा प्रबेश गर्न लागेको अवसरमा चारदिशा अनलाइन परीवार जनकनन्दनी एफ. एम. सहित सम्पुर्ण टिमलाई बधाई दिदैं उत्तर उत्तर प्रगतीको कामना गर्दछौं । 

Leave A Reply

Your email address will not be published.