औषधि खरीदमा अनियमिता भएको छैन

0

राकेश यादव / रौतहट – राजदेवी नगरपालिकाका निमित प्रमुख प्रसाशकीय अधिकृत संजय पाण्डे र नगरपालिकाको स्वास्थ्य संयोजक उमाकान्त झाले औषधि खरीदमा कुनै किसिमको गड़वड़ी नभएको दावी गरेका छन । 


नगरपालिकका उपप्रमुख अंशु सिंहले आर्थिक वर्ष २०७५/०७६ को लागि खरीद भएको ६३ किसिमका औषधि मध्ये ९ किसिमको औषधि अपुग रहेको तथा खरीदमा व्यापक अनियमिता भएको भनी दिएको अभिव्यक्तिको आधारमा केहि विधुतीय संचारमाध्यम तथा सामाजिक संजालमा समाचार आए पछि प्रमुख पाण्डे र स्वास्थ्य संयोजक झाले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आधारहीन तथ्यविहीन समाचारको खण्डन गरेका हुन । 


जारी गरिएको विज्ञप्तिमा भनिएको छ २० लाखको टेण्डर सार्वजानिक सुचना अनुसार प्रतिस्पर्धा मार्फत सवै भन्दा कम मूल्य ७ लाख ३८ हजार १ सयमा औषधि आपूर्ति गर्ने भनी न्यू पशुपति मेडिकल हल चन्द्रपुरले कबोल गरी निर्धारित मापदण्ड अनुसार ६३ किसिमका औषधि दाखिला गरेको छ । 


नगरपालिकामा भण्डारण गर्ने ठाउको आभाव भएको कारण २ बटा कोठामा छूटा छूटै भण्डारण गरी राखिएकोमा एक ठाउमा राखिएको औषधि गिन्ती गरी ९ किसिमको औषधि राखिएको ठाउमा नगई नगरपालिकालाइ बदनाम गर्ने उदेश्यले गलत भ्रामक प्रचार गरिएको ठहर गरेका छन । 


२० लाखमा खरीद गर्नुपर्ने औषधि ८ लाख मै आपूर्ति हुदा नगरपालिकालाइ फाइदा नै भएको जिकिर निमित प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले गरेका छन । न्यून रकममा टेण्डर लिएकोले अनियमिता हुने ठाउ नै नभएको टिप्पणी गरे । नेपाल सरकारले सर्वसाधारणलाइ निशुल्क उपलब्ध गराउने औषधि दाखिला भएको स्वास्थ्य संयोजक झा ले बताए । उनले भने औषधिमा कुनै किसिम अनियमिता भएको छैन भ्रामक प्रचार मात्रै गरिएको हो ।

Leave A Reply

Your email address will not be published.