जनताको विकास मुखी योजना आउने
राकेश यादव / रौतहट – गौर नगरपालिकाले आर्थिक वर्ष ०७६।०७७ को लागि नगर सभाको अधिबेशन र बैठक आव्हान गरेको छ । अहिले सम्म चौथो बैठक आव्हान गर्ने गौर नगरपालिका पहिलो नगरपालिका रहेको छ ।
रौतहटको अधिकांश स्थानीय तहमा कुनै नकुनै किसिमले आंतरिक द्वन्द रहेको अवस्थामा गौर नगरपालिकाले आषाढ़ ९ गते नगर सभाको बैठक आव्हान गरेको हो । प्रमुख प्रसाशकीय अधिकृत सुमन कुमार कार्कीले निर्धारणका समयमा नगर सभाको बैठक डाकिएको बताएका छन । बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश हुने , विधेयकहरु पेश गरिनुको साथै विभिन्न प्रस्ताव माथि छलफल हुने कार्यक्रम निर्धारण गरिएको छ ।
विगत केहि दिन देखि गौर नगरपालिकामा राजनितिक विषय लिएर कर्मचारी सरुवाको खेलले हल्का तनाव उत्पन्न भएपनि नगरपालिकाको कामकाजमा कुनै असर आएको देखिएको छैन । प्रतिपक्षी दलका नेताहरुले प्रमुख प्रसाशकीय अधिकृत कार्कीलाइ सरुवा गराउने प्रयास गरे निलंबन समेत गराए तर सर्वोच्च अदालतले सरुवा र निलंबनको कार्यान्वयन नगर्नु नगराउनु भनी अंतरिम आदेश जारी गरेपछि कार्की पुनः गौर नगरपालिकामा कामकाज सम्भालेका छन ।
विकास नै विकासको योजना आउने अधिकृत कार्कीले बताएका छन । सामाजिक विकासको साथै भौतिक पूर्वाधारको विकास ,आर्थिक उन्नतिको योजना नगर सभाबाट ल्याउने नगरप्रमुख अजय कुमार गुप्ताले बताएका छन । आषाढ़ ९ गते हुने चौथो नगर सभामा सहभागी हुने निर्वा्चित जनप्रतिनिधिले नगरको विकास समृद्धि तरफ ध्यानकेंद्रित गर्नुपर्नेछ ।
आगामी आर्थिक वर्षमा लोप हुदै गएको मधेशको कला संस्कृति , भेष भूषा ,पहिरन , भाषाको जगेर्ना विकासको लागि विशेष प्राथमिकता दिनु पर्ने बुद्धिजीवीहरुको सुझाव रहेको छ । महिला सशक्तिकरण को लागि महिलाहरुको आए आर्जनको लागि सिप मूलक कार्यक्रम , बेटी पढ़ाउ बेटी बचाऊ प्रदेश सरकारको अभियानलाइ सहयोग पुग्ने उदेश्यले बालिकाहरुको खेलकूद विकास ,संस्कृति उत्थान गर्ने योजना बनाउनु पर्ने जरुरी छ ।
जेष्ठ नागरिक , अपांग ,एकल महिला , बाल बालिका ,शिक्षा ,स्वास्थ्य , कृषि ,सौर्य ऊर्जा , बातावरण संरक्षण , हरियो नगरपालिका ,सुन्दर नगरपालिकाको परिकल्पना सहितको लोकप्रिय योजना ल्याउनु पर्ने स्थानीयहरुको भनाइ रहेको छ । नगर भित्रमा मुख्य सड़क र सहायक सड़कको छेउमा भएको भवनको रंग एउटै राख्नु पर्ने , विद्यालयको रंग छूटै राख्नु पर्ने , नियमित रुपमा विद्यालय जाने शिक्षा शिक्षिकालाइ प्रोत्साहन गर्नु पर्ने योजना कार्यान्वयन तरफ विचार पुर्याउनु पर्ने छन ।
युवा ,जुझारू एवं निडर भएर काम गर्ने क्षमता भएका मेयर गुप्तालाइ समाजमा विकृतिको रुपमा रहेका अन्धविश्वासको अन्त्य गर्ने जनचेतना मूलक कार्यक्रम बैठकबाट पारित गर्नु पर्ने देखिन्छन ।