एक दिने स्वास्थ्य शिवीर समपन्न !

0

महोत्तरी – जिल्लाको लोहारपट्टी स्थित माघरानी कन्काइ बोर्डिङ स्कुलको पहलमा स्कुल प्राङगनमा एक दिने निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । 


स्वास्थ्य शिवीर दौरान निशुल्क स्वास्थ्य परिक्षाणका साथै विद्यार्थीको रक्त समुह जाँचको साथमा निशुल्क औषधी समेत बितरण गरीएको बालरोग विशेषज्ञ एंब जनकपुर बालबिकास उपचार केन्द्रका अध्यक्ष डा. लभ कुमार साहले जानकारी दिए ।  


स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षणको लागि बालरोग विशेषज्ञ डा. लभ कुमार साह सहित भरोषा मेडिकल हलका डा. आनन्द सिंह, न्यु साह प्याथोलोजिका बिकास साह लगाएतका डाक्टरहरुले सेवा प्रदान गरेका थिए । 


यसका साथै बिद्यालयमा संस्थापक अर्जुन मिश्रा सहित बिद्यालयका शिक्षकहरुले स्वास्थ्य शिवीरको सहजिकरण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.